महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् ।

आइतबार  दिउँसो भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो ।

पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर बिस्तार  भएपछि अब भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

भारत सरकारको सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *