जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा बिहिवार बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । साह अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा.थिए ।

तीन वर्ष अघि उनलाई मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी उपकुलपतिमा डा. साहलाई नियुक्त गरेको थियो ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको बिहीबार  बिहान निधन भएको हो। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। 

उहाँको उपचार  काठमाडौँमा सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। डा साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *