

शुक्रबार नयाँ वर्षको (२०८०)पहिलो दिन, फुलवारी मेला भव्यताका साथ सम्पन्न भएको छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल शुक्रबार विहानै देखि सुरु भएको थियो ।
सिरहा जिल्ला लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ ।

