
आफ्नो ‘डिस्प्याच’ मा, गेट्सले भने, “म यो हप्ता भारतमा छु, यहाँ स्वास्थ्य, जलवायु परिवर्तन र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भइरहेको अभिनव कामको बारेमा सिक्दै छु। यस्तो समयमा जब विश्वमा धेरै चुनौतीहरू छन्, भारत जस्तो गतिशील र रचनात्मक ठाउँको भ्रमण गर्न प्रेरणादायी छ। प्रधानमन्त्रीसँगको भेटघाटलाई आफ्नो भ्रमणको मुख्य आकर्षण रहेको भन्दै गेट्सले भने, “प्रधानमन्त्री मोदी र म सम्पर्कमा रह्यौं, विशेष गरी कोभिड–१९ को खोप विकास र भारतको स्वास्थ्य प्रणालीमा लगानी गर्ने विषयमा। भारतसँग धेरै सुरक्षित, प्रभावकारी, र किफायती खोपहरू निर्माण गर्ने अद्भुत क्षमता छ, तीमध्ये केही गेट्स फाउन्डेशनद्वारा समर्थित छन्। भारतमा उत्पादित भ्याक्सिनले महामारीको समयमा लाखौं मानिसको ज्यान जोगाएको छ र विश्वभरका अन्य रोगहरूलाई रोकेको छ।”
