धनुषाको औरही खोलामा उत्खनन् रोक्न गएका दिलीप महतोको मनसायपूर्वक हत्या गरिएको धनुषा जिल्ला अदालतले ठहर गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्या गरिएको ठहर गरेका छन्।
वर्षौ देखि दिलिपका परिवार नयाईको पर्खाइमा दिन रात संघर्ष गर्दै आएका हुन् ।
दिलीप हत्या प्रकरणको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। अदालत स्रोतका अनुसार विपिनकुमार महतो र मुनिन्द्र महतोलाई जन्मकैदको सजाय गरिएको छ । जितेन्द्रकुमार महतोलाई घटनाको मतियार ठहर गरिएको छ । मतियारलाई मूल सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । बुधबार अदालतले दोषी ठहर गरे पनि प्रतिवादीहरूलाई सजाय भने निर्धारण गरेको छैन। यही फागुन १२ गते उनीहरूलाई के कति सजाय हुने भन्ने निर्धारण हुनेछ । दुई जनालाई जन्मकैद वा आजन्म कैद गर्नेबारे १२ गते मात्र अदालतले निर्णय गर्ने छ । प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका छन्। स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *