जनकपुरधाम । प्रथम  मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।
प्रथम मधेश आन्दोलनको क्रममा २०६३साम माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।
बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए lत्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
प्रदेश सरकारसहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।
यस अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा पनि दिइएको छ ।
२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *