
जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ ।
दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।
सभामुखको लागि सत्ता गठबन्धनका नेकपा एमालेबाट रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् ।
