
१३ पुस, जनकपुरधाम ।
मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने भएको छ ।
तीनजना दलको नेताको दाबी नछाडेपछि भोलि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।
कृष्णा नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट मधेश प्रदेशका सभापतिमा निर्वाचित भएका थिए भने रामसरोज पराजित भएका थिए।
यसअघि मधेस प्रदेशको सभापतिका लागि प्रतिस्पर्धा गरिसकेका उनीहरू फेरि संसदीय दलको नेताको लागि प्रतिस्पर्धामा उत्रेका छन्। कृष्णा यादव पार्टीको केन्द्रीय सभापति शेर बहादुर देउवा समूहका हुन्। रामसरोज १४ औं महाधिवेशनमा नेता बिमलेन्द्र निधि समूहमा थिए।
जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
मधेसमा कांग्रेसले २२ सिट जितेको छ।
