, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता छन्नका  लागि मतदान सुरु भएको छ ।

संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् ।

काँग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।
कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।
गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।

पहिलो भोट सभापति शेरबहादुर देउवाले हालेका छन् । यस्तै दोस्रो भोट महामन्त्री गगन थापाले हाले ।
त्यसपछि प्रकाशमान सिंह र रामचन्द्र पौडेलले मतदान गरेका छन् ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *