धनुषा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सचिव तथा पुर्व परराष्ट्रमन्त्री रघुविर महासेठ विजयी भएको छ भने क्षेत्रको प्रदेश ‘ख’ मा एमालेकै हरिनारायण महतोले जित निकालेको छ । यो जित संगै एमाले मधेशमा प्रतिनिधीसभा तर्फ ९ सिट र प्रदेशसभा तर्फ १५ सिट जितेर मधेशको पहिलो पार्टी बन्न सफल भएको छ ।


विजेता रघुवीर महासेठले ३२ हजार २३६ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री तथा पुर्व मन्त्री महेन्द्र यादवले ३२ हजा ११२ मत ल्याएका छन् । उनीहरु दुवै बिचको मतान्तर १ सय २४ मतको मात्र हो । त्यसै गरि प्रतिनिधीसभा तर्फ जसपाका उम्मेदवार महाजन यादव ५ हजार २१२, स्वतन्त्र उम्मेदवार कलाकार कृष्ण कुमार महतो ४ हजार ३४३ र राप्रपाका उम्मेदवार अनिरुद्ध ८ सय ३७ मत पाएका छन् ।

प्रदेशसभा तर्फ विजेता महतोले १७ हजार ३०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्रुधन महतोले १५ हजार ९ सय ६० मत प्राप्त गरेको छ । त्यसै गरि जनमतका सत्य नारायण सिंह २ हजार २५९, राप्रपाका कपलेश्वर महतोले १ हजार ७२७ र जसपाका चन्देश्वर महतोले १ हजार २ सय ३० मत पाएका छन् ।

  महेन्द्रनगरबाट सुरु भएको एमालेलेको विजयी जुलुसमा   धनुषा ३ बाट निर्वाचित सांसद जुली महतो लागायत आम जनता र एमालेका समर्थकहरु सहभागि थिए ।
धनुषा निर्वाचन क्षेत्र ४ मा पुनः एक पटक जनताले महासेठ  लाई बिजेता बनाएको हो। यस क्षेत्रमा पानि महासेठको रुपमा  एमालेको ऐतिहासिक जित भएको छ।

2 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *