
जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
सोमवार जनकपुरधामको रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर र राति सीता राम वैबाहिक कार्यक्रम सम्पन्न भएको थियो ।
विवाह उत्सवमा सहभागी हुन नेपाल र भारत लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।
विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।
