
मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौंमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ ।
अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् ।
