२८ कात्तिक, काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ ।

निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । तीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला हुन् । १८५ जना अन्य लिंगी हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । तीमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् र ८७ लाख ४१ हजार ५३० महिला हुन् । १८३ अन्य लिंगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *