
सर्लाही २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई सर्लाहीमा भव्य स्वागत भएको छ । भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै आज सर्लाहीवासीले लामिछानेको भव्य स्वागत गरेका हुन् ।
सो पार्टीबाट सर्लाहीबाट प्रतिनिधि सभाको समानुपातिक उमेदवार रजिया खातुनको नेतृत्वमा हरिवन तथा सदरमुकाम मलंगवामा उपस्थित् भएका हजारौं स्थानीयवासीहरूले ‘घण्टीमा मतदान, यसपाली स्वतन्त्र पार्टीको सरकार’ भन्दै अध्यक्ष लामिछानेलाई स्वागत गरेका थिए ।
हरिवन तथा मलंगवामा भएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यसपाली सो क्षेत्रका जनताले जाति र समूदायभन्दा माथि उठेर घण्टीमा मतदान गर्न आग्रह गरे । ३० वर्षदेखि लगातार सो क्षेत्रका जनताले उमेदवार जिताएर पठाएपनि जिल्लाको अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाई थियो ।
