१८ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ गएकी छन् ।
शुक्रबार बिहान मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नेछिन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै राष्ट्रपति भण्डारी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।
मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *