
गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने भएकाे छ ।
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे ध्यान केन्द्रित गर्न मन्त्रालयले छलफलकाे आयोजना गर्न लागेको हो । गृहमन्त्रालयले आज (आइतवार) बाग्मती प्रदेशबाट प्रदेशस्थरीय छलफलकाे सुरूवात गर्न लागेकाे बताइएकाे छ ।
गृहसिचव विनाेद प्रकाश सिंहले निर्वाचन भयरहित र सुव्यवस्थित वातावरणामा सम्पन्न गर्नका लागि सुरक्षा निकायकाे परिचालन प्रभावकारी बताउने उद्देश्यले छलफलकाे तयारी गरिएकाे बताउनुभयाे ।
आजबाट प्रदेशस्तरीय सुरक्षा बैठककाे शुरू गरिएकाे र सुरक्षा अवस्था मजबुद पारिने उहाँले जानकारी दिनुभयाे।
