
धनुषामा नेकपा एमालेकी नेतृ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
एमालेबाट समानुपातिकको बन्द सूचीमा सिफारिस भएकी फुल कुमारी महतो मंगलबार कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई पार्टीमा कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन क्षेत्र ४ का उम्मेदवार महेन्द्र यादवले स्वागत गरेका थिए । नेतृ महतोको नाम प्रदेशसभा सदस्यका लागि मधेशीतर्फ बन्दसूचीको ९ नम्बरमा एमालेले नाम राखेको थियो । उनी एमाले निकट अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । नेतृ महतोले पार्टी प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
