काठमाडौं । आफ्ना हरेक अंगहरु, आफ्नो आवाज, राम्रो भए हुन्थ्यो, वा राम्रो भइराखे हुन्थ्यो भन्ने रहर सबैलाई नै हुन्छ । तर समयको परिवर्तन र हुन सक्ने दुर्घटनाले आफ्नो त्यो इक्षामाथि तुसारापात पनि हुन सक्छ । त्यसैले त्यसको क्षतिलाई कम गर्न बीमा गर्ने रहर पनि धेरैको हुन्छ ।

यस्तै विश्वमा विभिन्न प्रकारका बीमा पोलिसी आएसँगै शरीररका अगंको बीमा पोलिसी पनि सञ्चालनमा आएको छ । जसको फाइदा अन्तराष्ट्रिय सेलिब्रेटीले गरेका छन् । कस–कसले कुन कुन अंगको बीमा गरेका छन् त ?
अमिताभ बच्चन र लता मगेशकरको आवाजको बीमा
भारतीय प्रसिद्ध गायिका लता मंगेशकरले आफ्नो आवाजको बीमा गराएकी थिइन् । हालसम्म सयौँ भाषामा गित गाईसकेकी उनको सम्पत्ति भनेकै आफ्नो आवाज हो । उनी अहिले यो लोकमा छैनन् तर उनको बीमा पोलेसीको चर्चा अहिलेपनि छ । यसैगरी भारतीय सिनेमा प्रसिद्ध नायक अमिताभ बच्चनले पनि आवाजको बीमा गराएका छन् ।

क्रिकेट खेलाडी मार्ग हूगेजको जुँगाको बीमा
अष्ट्रेलियन क्रिकेट खेलाडी मार्ग हूगेजले ३ लाख ७० हजार अमेरीकी डलर रकम तिरेर आफ्नो जुँगाको बीमा गराएका छन् । उनि प्रख्यात बलर हुन् ।

उनी लामो समय आफ्नो जुँगाको रेखदेखमा खर्च गर्ने गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ६७ बर्षको उमेरमा जुँगाको बीमा गराएका उनले आफ्नो जुँगाको बीमा बारे सार्वजनिक रुपमै खुलस्त पारेर बोल्ने गरेका छन् ।

लेखिका होली म्याडिसनको बक्षस्थलको बीमा
मोडल, लेखिका तथा टेलिभिजनकर्मी होली म्याडिसनले आफ्नो बक्षस्थलको बीमा गराएकी छिन् । उनले सन् २०११ मा १ लाख अमेरीकी डलर तिरेर बक्षस्थलको बीमा गराएकी छिन् । उनको सुन्दर बक्षस्थलको चर्चा जताततै हुने गरेको छ ।

उनको सुन्दर बक्षस्थलकै कारण चर्चित ब्रा कम्पनीहरुले उनलाई करोडौं डलर तिरेर बिज्ञापनमा समेत खेलाएका छन् । उनको बक्षस्थलमा केहि भयो भने उनलाई ठुलो नोक्सानी हुनेछ । यहि क्षति कम होस् भनेर उनले आफ्नो बक्षस्थलको बीमा गराएको तथ्य विभिन्न अन्तर्वार्ताका माध्यममा उनले खुलासा गरेकी छिन् ।

जेनिफर लोपेजको हिपको बीमा
चर्चित अभिनेत्री, गायिका तथा नृत्यागंना जेनिफर लोपेजले ‘हिप’को बीमा गराएकी छिन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उनले २७ लाख अमेरीकी डलर तिरेर आफ्नो हिपको बीमा गराएकी हुन् । यसो त उनले विभिन्न अन्तर्वार्तामा आफूलाई आफ्नो हिप सबैभन्दा मन पर्ने अंग रहेको बताएकी छिन् । उनी निकै धनी कलाकारका रुपमा चिनिन्छिन् । उनले पनि आफ्नो सुन्दर हिपका कारण धेरै बिज्ञापनमा अनुबन्दित हुने मौका पाएको बताउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *