


जनकपुरधाम भदौ ४ गते ।
जनकपुरधामको रेल्वे स्टेसन लागायत नगरको विभिन्न स्थानमा श्रीकृष्णाजन्माष्टमी पर्वको भव्य आयोजना गरिएको छ।
जनकपुरधाम मुजेलिया वाड नम्बर १४ स्थित श्री राम जानकी तपसी बाबा कुट्टीमा प्रत्येक वर्ष झै यस वर्ष पनि धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउँदै छन् ।
भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ । शुक्रबार देखि भगवान श्रीकृष्णको जन्मोत्सव मनाइदै छन् । पूजा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ ।
शुक्रबार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाइरहेका छन् । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ ।
हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको भाद्र कृष्णपक्ष अष्ठमी तिथि दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् ।
गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ ।
एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ । श्रीकृष्ण जन्माष्टमी को अवसरमा शनिबार देखि संस्कृतिक प्रोग्राम ,नाच आयोजना गरेको मेला समितिले जनाएको छ ।
