
४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
सनिवार बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपतिलाई डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् नेपाल फर्कदा फेरि निमोनिया देखिए पछि अस्पतालमा भर्ना गरिएको छ।
