
३१ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको नागरिकता विधेयक सम्बन्धि बैठक सम्पन्न भएको छ।
मंगलबार गठबन्धनको बसेको बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो।
सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ।
बैठकले विधेयक संघीय सांसद वाट हुबहु पास गरेर प्रमानिकरण गराउने निर्णय गरेको छ ।
संघीय संसदले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ १५ बुँदे सन्देशसहित प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् । उनले अंगीकृत नागरिकताको विषय उठाएकी छन् भने आमाको नाममा नागरिकता लिँदा गर्नुपर्ने स्वघोषणाको व्यवस्थामा प्रश्न गरेकी छन् ।
राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो ।
