२२ साउन, काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
प्रचण्डले आइतबार भ्रमण टोलीका सदस्यहरुसहित संग्रहालय अवलोकन गरेका हुन् ।
दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।
परमाणु बम खसालदा लाखौं नागरिकले ज्यान गुमाएका थिए ।
जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड छोरी गंगा दाहाल संग साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग स्वकीय सचिव रमेश मल्ल,सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *