जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज १५ औ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।
चुरे अभियानीहरुले बुधबार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।
महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।
अभियानको राष्ट्रिय संयोजक सुनिल कुमार यदवले आज पत्रकार सम्मेलन गरि आगामी संघर्षको कार्यक्रम सार्वजनिक गर्ने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *