१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले

पोखरा

पृथ्वीचोकमा १० मिनेट चक्काजाम गर्‍यो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *