१३ साउन, काठमाडौं । बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा शुक्रबार बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।
वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *