
९ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।उहाँ ७४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत पाए।
