जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् ।

मत परिणाम अनुसार मनोज साहले १३ हजार ४६५ मतको मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे ।

त्यस्तै  लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार तथा जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साह ५ हजार १९४ मत ल्याए भन्ने लोसपा बाट निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याइन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *