जनकपुरधाम उपमहानगरपालिका मेययर पदको स्वतन्त्र उम्मेदवार बमराम महतोले मंगलबार प्रेस विज्ञपति जारी गरेका छन् ।

प्रेस विज्ञप्ती

सर्वप्रथम जनकपुरधाम उपमहानगरवासीको जनादेश र निर्णयलाई सर्हष स्वीकार गर्दै सम्मान गर्दछु र नवनिर्वाचित नेतृत्वहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जनकपुरधामको नेतृत्वका लागि मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुको उद्देश्य थियो लामखुट्टे, फोहर, दुरावस्था तथा प्रदुषण रहित व्यवस्थित जनकपुरधाम नगरको परिकल्पना । तर जनादेश हेर्दा तत्काल स्वतन्त्र उम्मेदवारीलाई यहाँ सार्थक र सफल हुने सम्भावना देखिएन । जनकपुरधामवासी सुरक्षा, दबाब र विभिन्न कारणले तत्काल दलिय दबाबबाट मुक्त हुने सम्भावना देखिदैन । अत: मेरो उम्मेदवारीको मुख्य उद्देश्य ग्रामिन वडालाई शहरीकरण गर्दै सुन्दर र सफा जनकपुरधाम निर्माण गर्ने सवालमा जनादेशबाट नवनिर्वाचित नेतृत्वलाई पनि मेरो सम्पुर्ण सहयोग र साथ रहने छ ।

नेतृत्व जो सुकैको होस जगत जननी माता जानकीको जन्मस्थली जनकपुरधामलाई वास्तिवक धाम बनाउदै सुन्दर र सफा धार्मिक पर्यटकीय स्थल तथा शिक्षाको हव बनाउन वर्तमान नेतृत्वले खेल्ने हरेक भुमिकामा मेरो साथ र सहयोग रहने छ । तर यदि पुन: दलिय स्वार्थ, कार्यकर्ताको पालनपोषण, भ्रष्टाचार र व्यक्तिगत स्वार्थका कामहरु मात्र भए नेतृत्वलाई हामी खवरदारी पनि गर्नेछौं । नगरका ग्रामिण परिवेशमै रहेको करिव एक दर्जन वडाहरुलाई शहरीकरण गर्दै सम्मानजनक सेवा र सुविधा प्रदान गर्न नसकिए जनकपुरधामवासी बिचको अपनत्वमा कमि हुने स्थिती देखिन्छ । तर्सथ त्यसतर्फ पनि ध्यान केन्द्रित गर्न नयाँ नेतृत्वलाई मेरो सुझाव छ ।

चैत २६ गते उम्मेदवारी घोषणा देखि बैशाख २७ गतेको मौन अवधी सुरु हने सम्मको करिव १ महिनाको उपमहानगरको वडा वडामा मैले गरेको दौडधुप र स्थानियसंगको साक्षात्कारहरुबाट हामी जनकपुरधामलाई शहर बजार क्षेत्रमा मात्र सिमिति गरेर काम गर्ने गरेको स्पष्ट हुन्छ । मधेश प्रदेशको राजधानी समेत भइसकेको यस नगरलाई व्यवस्थित रुपमा विकास गर्न सकिए विश्वकै गनतब्य स्थलका रुपमा स्थापित हुने प्रचुर सम्भावनाहरु रहेको छ । यस कार्यका लागि हरेक दल र नेताहरु दलिय र व्यक्तिगत स्र्वाथबाट माथी उठेर निस्वार्थ भावनाका साथ एकजुट भएर लाग्नुको विकल्प छैन ।

म आफनो लागी होइन जनकपुरधामवासीको लागि यस क्षेत्रमा पाइला टेकेको हुँ । मलाई कुनै पनि स्वार्थ र लोभ अव नरहेकाले नगरवासीको सेवाकै लागि म यो राजनितिक आँट र साहश गरेको छु । नगर प्रमुखमा निर्वाचित भाई मनोज कुमार साह र उपप्रमुखमा निर्वाचित दाजु किशोरी साह नगरको मांग र नगरवासीको चाहना र भावना बुझेका अनुभवी व्यक्ति र अगुवाहरु भएकाले उहाँहरुको नेतृत्वमा जनकपुरधामले सकारात्मक कोल्टो फेर्ने मेरो विश्वास छ । उहाँहरु समाजिक रुपमा सफल भए जनकपुरधाम अवश्य सफल हुने मेरो बुझाई छ ।

अन्त्यमा जनकपुरधामको विकास र परिवर्तणका लागि मलाई आफना अमुल्य मत दिएर दलिय प्रतिस्पर्धा र दाउपेचका बिचमा सम्मानजनक राजनितिक उपस्थिती प्रदान गर्नुुहुने मेरा शुभेच्छुक, मतदाता सहित सम्पुर्ण नगरवासीहरुमा धन्यवाद र आभार व्यक्त गर्दै जनकपुरधामको पाँच वर्षे कार्यकालका लागि वडा देखि नगरको नेतृत्वमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरुमा पुन: हार्दिक बधाई तथा सफल र उपलब्धीमुलक कार्यकालका लागि शुभकामना व्यक्त गर्दै जनकपुरधाम र नगरवासीको सर्वहितका लागि माता जानकीसंग प्रार्थना गर्दछु ।

बलराम महतो
जनकपुरधाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *