जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन् ।

 अध्यक्षमा भोगेन्द्र मिश्र निर्वाचित भएका हुन् । उनले ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मतल्याए ।

उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् l उनका प्रतिद्वन्दी जसपाकी विमला कुमारी यादवले ३४६० मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *