
जनकपुरधाम उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको वडा १ र २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल जितेको छ।
वडा १ को अध्यक्षमा दीपनारायण यादव र वडा २ को अध्यक्षमा शिवु साह निर्वाचित भएका छन् l
जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता कायम रहेको छ।
वडा १ र २ को मतगणना सम्पन्न हुँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ६१६ मत ल्याएका छन्।
त्यस्तै लोसपाका मनोज चौधरीले २१५ मत , गठबन्धनबाट जसपाका प्रत्याशी लालकिशोर साहले १९५ ,स्वतन्त्र उम्मेदवारी दिएका निर्मल चौधरीले ४७१ मत र निवर्तमान उपमेयर लोसपाकी प्रत्याशी रिताकुमारी मिश्रले २२४ मत प्राप्त गरेकी छन्।
सत्तागठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर पदको उम्मेदवारी जसपाले लिएपछि कांग्रेस उपमहानगर समितिका सभापतिसमेत रहेका मनोजले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
