
जानकी खबर ।
१८ वैशाख ,जनकपुरधाम ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा ७ को वडा अध्यक्ष पदमा समाजसेवी युवा सुदिप झाले आफ्नो उमेदवारी दिनुभएको छ।
उहाँको चुनाव चिन्ह हलो छाप हो।
झाले समुदायी बिद्यालयमा गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्य विभिन्न क्षेत्रमा जनताको हितमा काम गर्न आफूले उमेदवारी दिएको जिकिर गरे।
समाजसेवी युवा झा गरिब ,दलित तथा कष्टमा रहेको परिवार र बाल- वालिकालाई अवस्कता अनुसार सहयोग गरि मानवताको सेवा गर्दै आएका छन् ।
