
जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उप-महानगरपालिकाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ ।
एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नं। ७ का अध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो ।
