
जानकी खबर ।
११ वैशाख,जनकपुरधाम।
जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) सहित सम्पुर्ण कार्य समितिले पार्टी वाट राजिनामा गरेका छन्।
उनिहरुले वडा अध्यक्षका लगि स्वतन्त्र रूपमा मो. कमरूदिनको (चांद) उमेदवारीको घोषणा गरेको हो।
उहाँले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनगरि आफू पार्टीमा इमन्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफुलाई टिकट नदिदा सम्पुर्ण समितिको सहयोगमा स्वतन्त्र रूपमा जउनपा वडा २५ को वडा अध्यक्ष पदमा उमेदबारीको घोषणा गरेकाछन्।
नेपाली काकांग्रेसको विधान अनुसार पठाइएको नामावली लाई लत्याई बिना सिफारिसको चन्देशवर साहलाई उमेदवार घोषणा गरेकोले यसको विरुद्ध नेपाली काकांग्रेस वडा २५ को कार्य समितिले सन्युक्त रूपमा पार्टी वाट राजजिनामा गरेका छ्न।
जनकपुरधाम उप-महानगरपालिका वडा २५ (लोहना)का नेपाली काकांग्रेसको वडा सभापति मो. कमरूदिन (चांद) स्वतन्त्र रूपमा उमेदवारीको घोषणा गर्नुभएको छ।
