जनकपुरधाम उपमहानगरपालिका वडा ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमालेमा प्रवेश साहलाई एमाले अध्यक्ष ओलीले जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका छन्।
लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका हुन् ।
लोसपाबाट नगरप्रमुख पदमा उम्मेदवारी पाउने सम्भावना कम देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन् ।

उहाँ जनकपुरधामको मेयर उठ्ने तयारीमा छन्।
जनकपुरधाममा नगरप्रमुखका लागि एमालेबाट जानकीरामलाई नै नगरप्रमुखको पदका लागि टिकेट दिइने भएपछि मात्रै एमालेमा प्रवेश गरेको श्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *