
२वैशाख काठमाडौं । बजारमा नयाँ गहना बनाउने काँचो सुनको मौज्दातको अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ । बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बतायो ।
अहिले विवाहको मुख्य सिजनमै काँचो सुनको मौज्दात सकिएको हो।
