
जनकपुरधाम – ३९ वर्षीय बलिउड अभिनेता रणवीर कपुर २९ वर्षीया अभिनेत्री आलिया भट्ट संग वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना केही आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।
विवाहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रणवीर र आलिया चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’बाट दर्शकमाझ आउँदैछन् ।
रणवीर र आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।
