सिरहा -सिरहाको सलहेस फूलबारीमा भब्य मेला लागेको छ ।
१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना र यहाँ प्रत्येक वैशाख १ गते फुल्ने अनौठो फूलको कारण  यस स्थलमा भव्य मेला लाग्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।
कोरोनाको जोखिम कम भएकोले यश वर्ष नेपाल र भारतका स्रधालुहरु मेलामा सहभागी छन् ।
‘सलहेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । 

माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *