
१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु जनकपुरधाम आई पुगेका छन् ।
बिहिवार यात्रीहरु नेपाल भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दै परिक्रमा रामजानकीको डोला सहित जनकपुरधाम पुगेर विभिन्न स्थानमा कयाम्पमा बिश्राम गर्दै छन्। भोलि बिहान अन्तगृह परिक्रमा गर्दै मिथिला मध्यमा परिक्रमा पुरा हुनेछ ।
यसै बिच धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको छ ।
परिक्रमाको टोली आज जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
