
जनकपुरधाम ।
नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित भएकाे छ ।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याएका थिए । ३३ मत भने बदर भएको छ ।

शुक्रबार सम्पन्न दोस्रो चरणको मतदानकाे देर रातिसम्म भएकाे मतगणनामा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार निर्वाचित भएकाे हाे ।

धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा ५१ मत पुग्न नसक्दा दाेश्राे चरणकाे मतदान भएकाे थियाे ।
कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधानअनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो र निधि पक्षका योगेन्द्र पजियार विजय हुनुभएको छ।
