
जानकी खबर ।
२५ फागुन, जनकपुरधाम।
सुनको मूल्य बढेकोको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ ।
यो अहिलेसम्मकै उच्च विन्दु हो ।
त्यससँगै तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा रुस-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ ।
चाँदीको मूल्य बुधबार महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेर आज १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको र सुनको
मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।
