जानकी खबर।
२४ फागुन,जनकपुरधाम।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।
यस अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयमा पनि विभिन्न करिक्रमको आयोजना गरिएको छ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।

मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै भइसकेको छ । तर महिला आन्दोलनबारे केही प्रकाशन र वेबसाइटबाहेक मूलधार भनिएका सञ्चार माध्यमले यो दिवसलाई त्यति प्राथमिकता दिएका छैनन् ।

अथवा ,यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा नभई महिला दिवसका रूपमा चर्चा गर्ने गरेका छन् । ८ मार्च संसारका श्रमिक महिलाहरूको दिवस हो भन्नेबारे अझै पनि धेरै सर्वसाधारणलाई जानकारी छैन वा कममात्र जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *