

जानकी खबर।
फागुन२३,जनकपुरधाम।
सम्बादाता :राजेश झा
जनकपुरधाममा जावा मोटरसाइकलको बिशेष शोरुम संचालनमा आएको छ।
सोमबार जनकपुरको थापा चोकमा भस्कर एण्ड भस्कर ईन्टर प्राईजेज प्रा.लि. का प्रबन्ध निर्देशक श्रीमती विनय शर्माको आमा माया देवी र मिस युनिभर्स नेपाल २ हजार २१ तथा जवा मिस फियर्स सुजिता वस्नेतले सन्युक्तरूपमा शोरुमको उद्घघाटन गर्नुभयो ।
जावाका विभिन्न आकर्षक मोडेलले मोटरसाइकल प्रेमीहरुलाइ तरंगित बनाएको छ।
नेपालका लागि क्लासिक लिजेन्डसको एकमात्र अधिकारी वित्रक , अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइँक प्रा.लि. ले जनकपुरमा आफ्नो नयाँ डिलर भस्कर एण्ड भस्कर ईन्टर प्राईजेज प्रा.लि. को स्थापनसँगै आज देखि जावा मोटरसाइकल शोरूम पुर्ण रुपमा संचालन गरेको हो।








