जानकी खबर ।
फाल्गुन २१ ,लक्ष्मीनियाँ।
सम्बाद दाता :राजेश झा
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी   प्रवेश करिक्रम सुरु भएको  छ।

लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा सनिवार पार्टी प्रवेश करिक्रमको आयोजना गरिएको हो।

जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिका नगर अध्यक्ष महात्मा रामप्रताप मण्लको अध्यक्षतामा आयोजित करिक्रममा गाउँपालिकाको विभिन्न गाउँ वाट आएका १ सय युवाहरुले जनमत पार्टीमा प्रवेश गर्ने करिक्रम रहेको जनमत पार्टी लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का अध्यक्ष पदको उमेदवार इसराफुल राईनले जानकारी दिनुभएको छ।

‌ डा. सिके राउत नेतृत्वको जनमत पार्टीले लक्ष्मीनियाँ गाउँपालिकामा गरेको करिक्रममा नव प्रवेसीहरुलाई जानमत पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यदव,केन्द्रिय सचिव अनिता साह, लक्ष्मीनियाँ गाउँपालिका मेयर पदका उमेदवार डा. जितेन्द्रकुमार यादव,गाउँपालिका उपाध्यक्ष शिवकुमार यादव, नगर सचिव विनोदकुमार चौधरी लगायतले सुभकामना दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *