
१७ फागुन, जनकपुरधाम।
महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन चलि अएको छ ।

पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

त्यससँगै जनकपुरको कप्लेश्वर ,महेन्द्रनगरको क्षिरेश्व्र नाथ , लक्ष्मीनियाँ गाउँपलिकास्थित कुम्हरौडाको शिव मन्दिरमा पनि कैयौं दसक देखि स्रधालुहरुको भिर लग्ने गरेको छ।


