
जानकी खबर ।
फागुन ७,जनकपुरधाम ।
सम्बादाता :राजेश झा
जनकपुरधाममा अन्तर्राष्ट्रिय पहलवानी सुरु भएको छ।
जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको चौथो दिन सनिवार पहलवानी प्रतिस्पर्धा सुरु गरिएको हो।
क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारले प्रतियोगिताको उद्घघाटन गर्नुभयो ।

प्रतियोगितामा नेपाल -भारतको विभिन्न स्थनवाट आएका पहलवानहरु सहभागी भएका छन् ।
यो प्रतियोगिता फागुन ७ गते देखी १० गते सम्म चल्ने छ।



जनकपुरधामको पिपराढीमा फागुन ४ गते श्री श्री १०८ श्री महावीर झण्डा मेलाको उद्घघाटन भएको थियोे ।

