जानकी खबर ।

१४ मंसिर, चितवन ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् ।

चितवनमा आयोजना गरिएको महाधिवेशनबाट ओली चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८३७ मत पाएर अध्यक्ष बनेका छन्। अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका  निर्वाचन समितिले जानाएको छ ।
एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुननसके आज मंगलबार) बिहान निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *