जानकी खबर ।
११ मङ्सिर, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ ।
पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने छ ।
माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलनको आयोजना गरेको हो ।
शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्ड’ले सबै पालिका सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो।
माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो।

