जानकी खबर ।
२९ कात्तिक, जनकपुरधाम ।

प्रदेश २ को प्रदेशसभामा १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादी  पार्टी सरकारमा सहभागी हुने भएको छ ।

सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन् ।

स्रोतअनुसार एकीकृत समाजवादीलाई सरकारमा ल्याउनउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको र मुख्यमन्त्री लालबाबु राउतले आफ्नै पार्टीको हालका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कार्यरत रामनरेश राय यादवलाई राजीनामा दिन  निर्देशन समेत  दिइसकेको प्रदेश सरकार निकट स्रोतले दावी गरेको छ ।

यद्यपि परिवर्तनको कहिले गरिने विषयमा अहिले  पुर्ण जानकारी आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *