जानकी खबर।
२३ कार्तिक, काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने टिप्पणी गर्नुभएको छ ।

मंगलवार नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको सम्बादमा अध्यक्ष यादवले भने, “न्यायपालिका र राजनीति छुट्टाटछुट्टै क्षेत्र हुन् । त्यसैले आआफ्नो क्षेत्रका समस्या आफैंले समाधान गर्नुपर्छ ।  न्यायालयभित्र राजनीति छिर्न दिनुहुँदैन । न्यायालयको विवाद नेताहरुले र राजनीतिको समस्या न्यायालयले टुंगो लगाउने भन्दा पनि यसमा संयमित भएर निकास खोज्नुपर्छ ।”

न्यायपालिका विवादबारे पाँच दलीय गठबन्धनभित्रको संयन्त्रले छलफल गरेर सामूहिक रुपमा निर्णय लिने यादवले बताए । उनले भने, “न्यायापालिकाको स्वतन्त्रता र राजनीतिक निर्णयका बीचमा एउटा लक्ष्मणरेखा हुनुपर्छ । उहाँले अहिले तीलको पहाडजस्तो बनाइएको बताए ।

अध्यक्ष यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *