जानकी खबर ।
२२ कात्तिक, जनकपुरधाम।

सोमबार जनकपुरधाममा गृहमन्त्री बालकृष्ण खाँडले एमालेले संसद् अवरुद्ध गरेका कारण नागरिकता विधेयक आउन नसकेको बताएका छन् ।

जनकपुर विमानास्थलमा सञ्चारकर्मीसँगको सम्बादमा उहाँले यस्तो बताएका हुन् ।
मन्त्री खाँडले कांग्रेस नेतृत्वको सरकार गठन भएलगत्तै एमालेले संसद् अवरुद्ध गरेकाले विधेयक आउन नसकेको र संसद् चल्न दिनकालागि एमालेसँग आग्रह पनि गरिसकेको बताउनुभयो ।

उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले चल्नु पर्ने उल्लेख गर्दै विवाद छिटो अन्त्य गर्न पहल भइरहेको बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *